विद्यालय जेठ १ बाट खुल्ने

काठमाडौं- सरकारले जेठ १ बाट विद्यालय सञ्चालनको तयारी गरेको छ। शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनको तत्कालीन योजना बनाएर अघि बढ्ने जनाएको छ। मन्त्रालय प्रवक्ता हरि लम्सालले मन्त्रालयको शनिबार बसेको सचिवस्तरीय निर्णयबाट जेठ १ देखि बालबालिकालाई विद्यालय ल्याउने वातावरण बनाउन तत्कालीन कार्ययोजना लागु गरिने बताए।

शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालका भूकम्पबाट ३६ जिल्लाका सरकारी तथा निजी विद्यालय बढी क्षति भएका छन्। उनका अनुसार ३६ जिल्लाका ७ सय २७ विद्यालय पूर्ण क्षति भएका छन्। साथै, १ हजार ४ सय २० विद्यालय भवन आंशिक क्षति भएका छन्।

दस हजार ८ सय ८५ कक्षाकोठा पूर्ण क्षति भएका छन्। त्यस्तै, ३ हजार १ सय १३ कक्षाकोठा आंशिक क्षति भएको निर्देशक नेपालले जनाए। यसैगरी ३ सय १९ विद्यालय भवन समान्य क्षति भएका छन् भने ७ सय २४ कक्षाकोठा सामान्य क्षति भएको छ। भूकम्पका कारण एक सय ८ विद्यार्थी र २१ शिक्षकको मृत्यु भएको छ।

‘विभागले अस्थायी कक्षाकोठा निर्माण गरी जेठ १ देखि टेम्पोररली लर्निङ सेन्टर (टिएलसी) खडा गरी विद्यालय सञ्चालन गर्ने कार्यक्रम तय भएको छ,’ निर्देशक नेपालले भने, ‘पोसाक,पाठ्यपुस्तक,खाजा,पानी,चर्पीलगायत आधारभूत आवश्यकताको तयारी गरी मात्र विद्यालय सञ्चालन हुनेछ।’

प्लस टुको परीक्षा अनिश्चितकालीन स्थगित
विद्यार्थी र तिनका अभिभावक मानसिक रुपमा पूर्ण रुपमा तयार नभएसम्म उच्चमाध्यमिक शिक्षा परिषदका कुनै पनि परीक्षा सञ्चालन नगरिने उच्चमाध्यमिक शिक्षा परिषदका सदस्यसचिव नारायण कोइरालाले बताए।

सदस्यसचिव कोइरालाले भूकम्पबाट विद्यार्थी र तिनका अभिभावकको क्षतिलाई मध्यनजर गर्दै वैशाख २० बाट सञ्चालन हुने कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि रोकिएको बताए।

उनले हालको अवस्थामा परीक्षा संचालन गरिने केन्द्रसमेत नरहेको अवस्थामा परीक्षा कुनै पनि हालतमा संचालन नहुने बताए। ‘विद्यार्थी भाइबहिनीहरुको मनबाट भुकम्पको त्रास नमेटेसम्म र उनीहरु मानसिक रुपमा पुर्ण रुपले तयार नभएसम्म परिषले परीक्षा संचालन गर्दैन,’सदस्य सचिव कोइरालाले नागरिकसँग भने’अहिले परिषदका कर्मचारीहरु देशको दुखेको घाउमा मलम लाउन ब्यस्त छन्।’उनले थपे’परीक्षा प्राथमिक कुरो होइन। विद्यार्थी भाइबहिनीहरुले परीक्षाको चिन्ता नलिए हुन्छ।’

मन्त्रालयले पहिलो प्राथमिकतामा बालबालिकाहरुलाई मानसिक रुपमा तयारी पारी विद्यालयसम्म ल्याउने हो। यसकोलागि मन्त्रालयले तत्कालिन योजना बनाएको छ।

जसअन्तर्गत पुर्ण रुपमा क्षती भएको विद्यालयहरुको विकल्पको रुपमा अस्थायी टहरा विद्यालय बनाइने,अस्थायी चर्पी,खानेपानीलगाएतका ब्यवस्थापन गरी मात्र बालबालिकालाई विद्यालयसम्म ल्याउने बातावरण जेठ १ गतेदेखि तयारी गर्ने मन्त्रालयको तत्कालीन योजना रहेको लमसालले जनाए। ‘पहिले विद्यार्थीलाई मानसिक रुपमा बलियो बनाउन परामर्शको ब्यवस्था गरिने छ,’प्रवक्ता लमसालले भने’त्यसपछि अस्थायी रुपमा टहरामा विद्यालय संचालनको विकल्प तयार हुन्छ।’

मन्त्रालयले उपलब्ध गराएको तथ्याँक अनुसार बागमति अंचलको आठवटै जिल्लाका विद्यालयहरु बढी क्षती र जोखिमा रहेका छन्। बागमति अंचलका सिन्धुपाल्चोक,धादिङ,रसुवा,काठमाडौं,नुवाकोट,भक्तपुर,ललितपुर र काभ्र्मा बढी विद्यालय भवनहरु क्षति भएका छन्।

यसैगरी गोर्खा,दोलखा,रामेछाप,मकवानपुर,सिन्धुली र ओखल ढुङ्गाको विद्यालयहरु पुर्ण तथा आंशिक क्षति भएका छन्। पुर्ण रुपमा क्षति भएका विद्यालयहरुका शिक्षकहरुलाई एक जुट गराई छलफलबाटै विद्यालय संचालको तत्कालिन विकल्प दिइने मन्त्रालयको निति छ।

‘मन्त्रालयले आफनै स्रोत र साधन प्रयोग हुने गरी तत्कालिन रुपमा कार्ययोजना बनाएर विद्यालय संचालन गराउने छ,’प्रवक्ता लमसालले नागरिकसँग भने’तत्कालिन योजनामा जाडो ,गर्मी,हुरीबतास आदि मौसमहरुलाई समेत ख्याल राख्दै विद्यालयको ब्यवस्था गरिने तयारीमा मन्त्रालय छ।’उनले थपे’चर्केका विद्यालय भवनहरुको जोखिमको जाँच प्राविधिकसँग गराएर मात्र बालबलिकाहरुलाई विद्यालयमा प्रवेस गराइन्छ। ‘

शनिवार भएकोले धेरै बालबालिकाको महाभुकम्पबाट ज्यान बचेको निजी विद्यालयहरुको छाता संगठन निजी तथा अवासिय विद्याय एसोसिएसन नेपाल (प्याबसन)ले जनाएको छ। किन भने उपत्यकाका ८५ प्रतिशत बालबलिकाहरु निजी विद्यालयमै अध्ययन गर्छन्। प्याबसनका अध्यक्ष लक्ष्यबहादुर केसीले उपत्यकाका धेरै निजी विद्यालयहरु भुकम्पीय जोखिममा रहेको बताए।

विदाकेा दिन भएकोले २ लाख बालबालिकाहरु मृत्युको मुखबाट जोगिएकोमा खुशी ब्यक्त गरे।

उनले भुकम्प प्रावित जिल्लाहरुबाट प्राप्त तथ्याँक अनुसार हालसम्म २ सय ५० निजी विद्यालयहरु पुर्ण रुपमा क्षती भएको र बालबालिकाहरु राख्न नसक्ने अवस्था रहेको बताए। यसैगरी उपत्यका ९० प्रतिशत निजी विद्यालयहरु समेत भुकम्पीय जोखिमा रहेकोले तत्काल विद्यालय संचालन गर्न नसक्ने बताए।

उपत्यकाको गंगबुमा रहेको दिपज्योति मावि ६ तल्ले भवन भासिएर दुई तल्ले मात्र देखिएको छ। सानेपाको किरणभवनमा संचालित जेम्स निमावि पनि पुर्णरुपमा क्षति भएको छ।

‘घटेकुलोमा रहेको मेरो सुर्योदय स्कुलको प्रशासन,शिशुकक्षाको भवन,पुस्तकालय पुर्ण रुपमा क्षती भएको छ। पुनः निर्माण गर्नु पर्छ नभई स्कुल संचालन गर्न सकिन्दैन,’अध्यक्ष केसीले नागरिकसँग भने’थप दुई सय निजी विद्यालयहरु पुर्णक्षति हुने अवस्थामा छन्। ९० प्रतिशत निजी विद्यालयहरु भाडाको साँगुरो घरमा संचालित छन्। जुन भुकम्पीय जोखिममा छन्।’उनले थपे’अबको दिनमा निजी विद्यालय संचालन रहेको घरहरको प्राविधि परीक्षण गरी मात्र संचालन गरउने प्याबसनको निर्णय हो। निजी र सरकारी दुबै विद्यालयहरु भुकम्पीय जोखिमनै रहेको छ।’

Source: Nagariknews