बैशाख महिनाभरि शैक्षिक संस्था बन्द

बैशाख महिनाभरि शैक्षिक संस्था बन्द

सरकारले महाभूकम्पबाट विशेष प्रभावित ११ जिल्लाका शैक्षिक संस्थानलाई बैशाख महिनाभरि बन्द गर्ने निर्णय गरेको छ । बागमती अञ्चलका ८ र त्यसबाहेक गोरखा, लमजुङ र दोलखा जिल्लाका शैक्षिक संस्थानहरुमा वैशाख ३१ गतेसम्म छुट्टि दिइएको छ । बाल विकास तहदेखि उच्च शिक्षा तह सम्मलाई बिदा दिइएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ । विद्यालय, कलेज रहेका भवनहरुको प्राविधिक परीक्षण आवश्यक भएको निष्कर्ष सहित वैशाख महिनाभरि शैक्षिक संस्थानहरु बन्द गर्ने निर्णय गरिएको बताइएको छ । शिक्षकहरु उद्धार कार्यमा जुट्न सकुन र बालबालिका सुरक्षित रहुन भन्ने उद्देश्यले समेत विदा थपिएको मन्त्रालय स्रोतले जनाएको छ । यसअघि महाभूकम्पपछि ५ दिनको बिदा दिइएको थियो । बागमाती अंचलमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, धादिङ र नुवाकोट पर्दछ ।

Source: News24