सगरमाथा विमान दिल्ली जान अनुमति पाएन

सगरमाथा विमान दिल्ली जान अनुमति पाएन

२५ वर्ष पछि नेपालले किनेको नयाँ ठूलो जहाजको पहिलो उडानमै दाँतमा ढुंगो लागे जस्तो भएको छ । नेपाल बायु सेवा निगमलेपहिलो उडानमा अनुमति प्रक्रिया नमिलाउँदा भारत जान तयार भएको सगरमाथाबाट यात्रुहरु घर फर्किन बाध्य भएका हुन् ।

केही दिन अघि मात्र नेपाल भित्रिएको एयर-वसको विमान चढेर भारतीय राजधानी नयाँ दिल्ली जान तयार भएर विमानस्थल पुगेका यात्रुहरु अन्तिम समयमा विमान उड्न नसक्ने जानकारी दिइएपछि निराश भएका थिए ।

केही समय अघिमात्र युरोपेली वायुसेवा कम्पनी एयरवससँग खरिद विमानको पहिलो उडानकारुपमा दिल्लीका लागि टिकट काटिएपनि उडान अनुमतिको अभावमा बिहानै विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका हुन् ।

भारतले विमान उडनका लागि अन्तिम समयमा आएर अनुमति नदिएपछि विमानको पहिलो उडाननै गाँसमा ढुंगा लागे जस्तो अवस्था आएको हो ।

विमान चढ्न तयार भएका २ सय जति यात्रुहरु विमानस्थलमै आक्रोशित मुद्रामा निगमका अधिकारीहरुसँग झगडा गर्दै थिए ।

ए ३२०-२०० एयरबसको पहिलो उडान नै प्रभावित भएपछि निगमको फितलो ब्यवस्थापनको नमूना सतहमै आएको छ ।

Source: Nepaliheadlines