Price cut: Petrol, diesel and kerosene

Price cut: Petrol, diesel and kerosene

Effective from midnight Sunday, the price of Petrol, diesel and kerosene has been decreased. The new petrol price is Rs. 130.47 per litre while Diesel and kerosene cost Rs. 103.17 per litre.

२ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मटि्टतेलको मूल्य घटाएको हो ।

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५९ पैसा तथा डिजेल र मटि्टतेलमा दुई रुपैयाँ ६ पैसा मूल्य घटाइएको निगमले जनाएको छ ।
अब पेट्रोलको प्रतिलिटर १३० रुपैयाँ ४७ पैसा पर्छ भने डिजेल र मटि्टतेलको १०३ रुपैयाँ १७ मूल्य कायम भएको छ ।
असोज १३ गते स्वचालित मूल्य प्रणाली लागू भएपछि दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।
आयल निगमले पछिल्लो समय खाना पकाउने एलपी ग्यासमा मात्र घाटा व्यहोर्दै आएको छ । यसमा घरेलु र व्यवसायिक प्रयोजनका दुई रंगको सिलिण्डर प्रयोग गर्ने भनिए पनि कार्यान्वयन भएको छैन् ।

Source: OnlineKhabar