प्रचण्डको सुरक्षा खतरा बारे गृह सजक (विज्ञप्ति सहित)

प्रचण्डको सुरक्षा खतरा बारे गृह सजक (विज्ञप्ति सहित)

केही दिन अघि एक सार्वजानिक कार्यक्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू असुरक्षाको घेरामा रहेको अभिव्यक्ति दिएका थिए ।

दाहाललको उक्त अभिव्यक्तिलाई मध्यनजर गर्दै गृहमन्त्रालयले उनको सुरक्षा संवेदनशीलताप्रति सजगता देखाएको छ । गृहमन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरि असुरक्षा हुन सक्नेबारे पाएको सूचना वा स्रोतको जानकारी दिई सहयोग गर्न दाहालसँग अनुरोध गरेको छ ।

गृहमन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा सुरक्षा खतराको विश्लेषण गरी आवश्यक सुरक्षा उपलब्ध गराउने जानकारी गराएको छ । विपक्षी दलका प्रमुख नेतासम्म रहेका प्रचण्डलाई अहिले पनि उच्चस्तरको सुरक्षा व्यवस्था गरिएको छ ।

Source: DC Nepal