Notice from NTC

Notice from NTC

NTC had offered free call since the day of earthquake (25th April). No charges apply to the calls made till yesterday (30th April 2015). However, from May 1st NTC will apply charges as per the regular tariff. But since recharge cards are not easily available at this moment, you can still make calls at Rs. 0 balance but on credit i.e. your balance will decrease on the next recharge (applies to calls made after May 1st only)

———————————————-

नेपाल टेलिकमले गत बैशाख १२ गते भूकम्प गए पश्चातको समय (दिनको १२ बजे) देखि आज मिति २०७२ बैशाख १७ गते रातको १२ बजेसम्मकोGSM तथा CDMA नेटवर्कबाट भएका सम्पुर्ण कलहरु (अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय) तथा SMS र DATA निःशुल्क उपलब्ध गराएको छ । उक्त समय पश्चातको DATA, SMS लगायत सम्पुर्ण कलहरुको नियमानुसार महसुल लाग्ने ब्यहोरा अनुरोध गरिन्छ । रिचार्ज कार्डको उपलब्धता सहज नभए सम्मको अवधिको लागि ब्यालेन्स सकिए तापनि कल तथा SMS गर्ने सुविधा उपलब्ध हुने, तर उक्त कल, SMS तथा DATA को शुल्क लाग्नेछ । त्यसैगरी WiMax मार्फत Wifi Hotspot सेवा उपलब्ध गराइरहेकोमा भूकम्प प्रभावित क्षेत्र तथा उद्धार कार्यमा सहजता हुने गरी उक्त Hotspot सेवा निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ भने भूकम्प पीडितको उद्धारको लागि १२३४ नम्बरको हटलाइन सञ्चालनमा ल्याएकोछ ।
PSTN सेवाको हकमा बैशाख महिनाको न्यूनतम महसुलमा थप १०० कल निःशुल्क गरिएको तथा ADSL सेवाको हकमा बैशाख महिनाको लागि एक हप्ताको अवधि थप गरिएको छ ।
हामी सधै ‘ग्राहक सेवामा समर्पित’ छौं ।

Source: NTC