छतमाथि बस, बस भित्र खाना




तीन तले घरको छतमाथि ठूलो बस, बस भित्र आकर्षक रुपमा सजाईएको रेष्टुरेन्ट । सुन्दा बिदेशी ब्यबसाय जस्तो लागे पनि यो नेपालीद्वारा नेपालमै संचालित एउटा रेष्टुरेन्टको कथा हो । कलंकी नजिकै रहेको यो रेष्टुरेन्ट पछिल्लो समय युवायुवती तथा पारिवारिक जमघटको गन्तब्य बनेको छ ।

‘होटल मकालु’ लेखिएको ठूलो बस बाटैबाट देखिन्छ । त्यो कुनै मकालु यातायातको यात्रु बोक्ने बस होइन । बस भित्र अनौठो रेष्टुरेन्ट अर्थात होटल मकालु एण्ड चिफ्स होम रेष्टुरेन्ट छ । बस भित्र रेष्टुरेन्टका बिभिन्न सुविधाहरु उपलब्ध छन् । शान्त बातावरण र न्यानो स्वागत सत्कारले एक पटक त्यहाँ पुग्ने जो कसैलाई पनि फेरि जाउ-जाउ लाग्छ ।
बसको सिटलाई नै आरामदायी बनाई अगाडि शिशाका टेबुलहरु राखिएको छन । बस सजिसजाउ छ, बस भित्र छिर्ने बितिक्कै वेटरहरु स्वागत गर्दै ‘के ल्याउ हजुर यहालाई?’ भनेर मेनु लिएर आउछन् । पहिलो पटक त्यहा पुग्ने जो कोहि पनि दङ्ग पर्दा रहेछन । जहा भिन्न तथा मनोरम बातावरणमा नया/नया परिकारको स्वाद लिन पाइन्छ ।

यो व्यवसाय गर्ने भिन्न शैली हो । यूवा उद्यमिको एउटा नया कन्सेप्ट जो आफैमा उदाहरणिय छ । जसले हिजोआज धेरैको मन लोभ्याएको छ । स्वदेशी विदेशी धेरैको गन्तव्यको थलो बनेको छ । “डाइन विद डिफरेन्टली” अर्थात खानुस भिन्न तरिकाले भन्दै सञ्चालनमा ल्याइएको उक्त रेष्टुरेन्टको टार्जेट ग्रुप यूवापुस्ता र फेमेली रहेको भएपनि सबै उमेर समुहका व्यक्तिहरु आफु कहा आएर रमाएको बताउछन यसका संचालक ।

बिदेशबाट होटल मेनेजमेन्ट बिषय पढेका पौरखी यूवा सुजन तामाङ्ले गरेको व्यवसाय हो यो । जसले आफ्नै देशमा भिन्न शैलीमा व्यवसाय गरेर ग्राहकको मन लोभ्याउने मात्र हैन धेरै यूवाका पे्ररणाका स्रोत समेत बनिरहेका छन् । सन साइन रेष्टुरेन्टमा लाइभ फिसीङ्ग र प्रत्येक शुक्रबार लाइभ म्युजिकको समेत व्यवस्था गरिएको छ । माछाको मम, टेन्डर कोकनट लगायतका थुप्रै नयाँ परिकार
पाइन्छ ।

काठमाडौमा अन्यत्र नपाइने खानेकुराका परिकारहरु समेत बिभिन्न नेपाली, चाइनिज, अमेरिकन, कन्टिनेन्टल लगायतका खानाको परिकार पाइने तामाङ्ले बताए । रेष्टुरेन्टको बनावट मात्र मौलिक भएर हुन्न हामीले मेनुमा पनि मौलिकपन ल्याएका छौ । युनिक टाइपको रेष्टुरेन्ट भन्दै एक पल्ट हेरौ न भनेर बाहिरबाट समेत थुपै् ग्राहक आउने गरेको बताउछन ।
सेफ सम रेष्टुरेन्ट अर्थात कुकको घर भन्न रुचाउदछन सुजन । २०६९ सालदेखि शुरु गरेको उक्त व्यवसाय प्रति आफु एकदमै सन्तुष्ट रहेको बताउछन उनी । आफ्नो देशको बिभिन्न परिकारहरु अन्तराष्ट्रिय स्तर सम्म पुराउने एउटा अलग्गै खानेकुराहरु बनाउने उक्त रेष्टुरेन्टले दर्जनौ यूवालाई रोजगारी दिएर राखेका छन् ।

हल्चोक, ह्वाइटगुम्वा, स्वयम्भूनाथको मनोरम दृश्यका साथै काठमाडौ वरिपरिका हिमालहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । आवश्यकता अनुसार रातमा बस्ने रुमहरुको समेत व्यवस्था गरिएको छ । तीन तल्लाको छतमै एउटा आकर्षक एक्युरियम निर्माण गरिएको छ । जहा बिभिन्न किसीमका माछाहरु राखिएका छन् । ग्राहकले आफ्नो स्वाद र सन्तुष्टि अनुसार आफै फिसीङ्ग गरेर पकाउन अर्डर गर्न सक्छन् ।

आफ्ना पुराना दुःखका दिन सम्झदै सुजन भन्छन कन्सेप्ट त ल्याइयो तर भनेजस्तो बस खोज्न टाइम लाग्यो । बल्ल बल्ल क्रेनको सहायताले तीन तल्लामाथि बस त ल्याइयो तर सबै डेकोरेशन सक्न झन्डै तीन महिना समय लाग्यो । अहिले आफ्नो रेष्टुरेन्टमा दर्जनौ यूवालाई रोजगारी दिन पाएकोमा खुशी छन उनी ।

Source: Onlinepatrika