भूकम्पको हल्ला फैलाउने राजेन्‍द्र र हिराबहादुर पक्राउ

भूकम्पको हल्ला फैलाउने राजेन्‍द्र र हिराबहादुर पक्राउ

भुकम्प आउँदै छ भनेर हल्ला फैलाउने दुईजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरबाट ३४ वर्षिय राजेन्द्र खड्गी र ठैटीबाट दोलखाका ३२ वर्षिय हिराबहादुर थापा पक्राउ परेका छन्।

फेरी भूकम्प आउने सन्देशसहित माइकिङ गरेर आममानिसलाई आतंकित पारेपछि प्रहरीले उनको खोजी गरेको थियो।प्रहरीले भूकम्पको पूर्वानुमान गरेर माइकिङ गर्ने व्यक्ति मानसिक सन्तुलन गुमाएको भन्ने बुझिएको भन्दै ती व्यक्तिको खोजीमा सहयोग गर्न पनि अपिल गरेको थियो।

‘भूकम्प आउँदैछ भनेर माइकिङ गर्ने व्यक्ति मानसिक सन्तुल गुमेको व्यक्ति भन्ने बुझिएको छ’, नेपाल प्रहरीले ट्वीटमार्फत भनेको छ, ‘प्रहरीले उसको खोजी गरिरहेको छ । यदि देख्नुभएमा खबर गर्नुहोस ।

Source: Annapurnapost