नेपालले आईसीसी विश्व लिग क्रिकेट खेल्न पाउने

नेपालले आईसीसी विश्व लिग क्रिकेट खेल्न पाउने

काठमाडौं, माघ १४ – नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ ।

बुधबार बसेको आईसीसी बोर्ड बैठकले नेपाल र केन्यालाई आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न मौका दिने निर्णय गरेको हो । बैठकले आईसीसी क्रिकेट वर्ड कप २०१९ का लागि अफगानिस्तान र आयरल्याण्डलाई छनोट गरेको छ ।

र्‍याकिङमा आधारित छनोट प्रणाली अन्तर्गत उनीहरु १० पूर्ण सदस्यमा छनोट भएका हुन् ।

Source: eKantipur