बस दुर्घटनामा १२ भारतीयको मृत्यु

काठमाण्डौंबाट भारतीय शहर गोरखपुरतर्फ गइरहेको दुई तले पर्यटक बस धादिङ्ग जिल्लाको झ्याप्ले खोला भनिने ठाउँ नजिकै राजमार्गबाट तल खसेपछि १२ भारतीय यात्रुको मृत्यु भएको धादिङ्गका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।

सो दुर्घटनामा मारिनेहरुमध्ये ७ महिला र ५ पुरुष रहेको प्रजिअ बासुदेव घिमिरेले बताए। साथै अन्य ३२ यात्रु घाइते भएका छन्।
घाइतेहरुलाई राजधानीको अस्पतालमा पठाइएको छ।

“प्रारम्भिक जानकारी अनुसार बस असन्तुलित भइ खसेको भन्ने खबर आएको छ,” घिमिरेले भने। बुधबार बिहान साढे सात बजेतिर उक्त बस बाटोबाट करीब डेढ सय मिटर तल खसेको बताइएको छ।

Source: BBC