नयाँबानेश्वरमा एमाओवादीको र्‍यालीमा प्रहरीको हस्तक्षेप

नयाँबानेश्वरमा एमाओवादीको र्‍यालीमा प्रहरीको हस्तक्षेप

१६ फागुन, काठमाडौं । नयाँबानेश्वर एकीकृत नेकपा माओवादीको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।
निषेधित क्षेत्र भन्दै प्रहरीले तीनकुनेबाट आएको जुलसलाई मीनभवनस्थित सिभिल अस्पताल अगाडि रोकेको हो ।
जुलुस अघि बढ्न खोज्दा प्रहरीले लाठी चार्ज गर्नुको साथै अश्रुग्यास हानेको छ । जुलुसमा रहेका एमाओवादी नेता हरिबोल गजुरेलले अनलाइनखरसँग भने-धेरै साथीहरु घाइते हुनुभएको छ ।’

प्रहरीले निषेधित क्षेत्र भन्दै राेक लगाउन खाेजे पनि सकेन । केहीबेरकाे झडपपछि जुलुस प्रहरीकाे घेरा ताेडेर अघि बढेकाे छ ।
एमाअाेवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जुलुसकाे नेतृत्व गरेका छन् ।

















































Source: OnlineKhabar