५० हजारमा श्रीमतीलाई बेचेर बाईक किने

अग्नी साँची राखेर एक अर्कालाई जन्म जन्मानतर दुःख सुखमा दिने कसम खाएर श्रीमती स्विकारेका श्रीमानले आफूलाई दलालको हातमा सुम्पेला भन्ने कुन श्रीमतीलाई हुन्छ, तर भारतको मध्य प्रदेशको वैतुलका एक श्रीमानले आफ्नी श्रीमतीलाई ५० हजारमा बेचेका छन् । 

यसरी आफ्नै श्रीमानबाट बेचीएकी ति महिलालाई किनेको दलालले पनि फेरी अर्को व्यक्तिलाई बेचिदियो ।  आफ्नै श्रीमतीलाई बेचेको ५० हजारले आफ्नो लागी मोटरसाईकल किने । बेचिएकी महिलाका बुबाले पुलिसमा उजुरी गरेपछि गुना जिल्ला चाचौडा गाउँमा महिलालाई फेला पारेको छ । पुलिसले उनका श्रीमान, दलाल र महिला किन्ने आरोपीलाई समेत पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

Source: Karobardaily