राजमार्गको होटलमा खाँदै हुनुहुन्छ भने यो स्टिरक हेरेर मात्र खानु होला है !

राजमार्गको होटलमा खाँदै हुनुहुन्छ भने यो स्टिरक हेरेर मात्र खानु होला है !

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गमा रहेका होटलहरुको खाना स्वस्थ्यकर बनाउनका लागि स्टिकरको व्यवस्था गरेको छ । विभागले होटलहरुको खानाको गुणस्तरीय मापन गरेर स्तर अनुसारका स्टिकर टाँस गरेको छ । यात्रुहरुले त्यही स्टिकर हेरेर खाना खान पस्यो भने स्वास्थ्यका लागि हितकर हुनेछ र नठगिने विभागले जनाएको छ । राम्रो खाना विक्रि वितरण गर्ने होटलमा हरियो स्टिकर टाँसेको छ भने त्यसभन्दा कम गुणस्तरको खाना विक्रि वितरण गर्ने होटलमा पहेलो रंगभित्र एउटा रातो धर्का भएको स्टिकर टाँसिएको छ । त्यसभन्दा कम गुणस्तर भएको होटलमा पहेलो रंगभित्र दुईटा रातो धर्का भएको स्टिकर टाँसिएको हुन्छ भने खाना खानै नहुने होटलमा रातो रंगको स्टिकर टाँसिएको छ । विभागका अनुसार राम्रो खाना खान हुने होटल जहाँ हरियो स्टिकर टाँसिएको छ ती होटल मलेखुदेखि रामनगरसम्म २५ वटा मात्र रहेको छ । 

Source: Ratopati