Loading Events
  • This event has passed.
Notify me

बानेश्वर-जाऔं-संविधान-ल्याऔं

January 21, 2015 @ 12:00 pm Add to Calendar   2015-01-21 12:00:00 2015-01-21 12:00:00 बानेश्वर-जाऔं-संविधान-ल्याऔं यो देशका जिम्मेवार नागरिक र युवा भएका हैसियतले आफ्नो प्रतिनिधीलाई जिम्मेवार बनाउन सुरु भएको अभियान, युवाहरुको स्वस्फुर्त अभियान हो । देशलाई अनिर्णयको बन्दिबाट मुक्त गराऔं, हामीलाई मुर्ख बनाउने कहिले सम्म? २०६२ र ६३को जनआन्दोलनले सफलता प्राप्त गरेदेखि शुरु भएको हामी नेपालीको नयाँ संविधानको प्रतिक्षा अझैसम्म अधुरै छ । पहिलो पटक दुई वर्ष्भित्र नयाँ संविधान जारी गर्ने उद्देश्य लिएर निर्वाचित संविधान सभाले चार वर्षसम्मको प्रयासबाट विफल भइ मध्यरातमा विघटन गरियो । संविधान सभाको दोस्रो निर्वाचनको क्रम अहिलेका सत्तापक्ष र प्रतिपक्षका लगभग सबैजसो दलहरूले जनतासामु एक वर्ष्भित्र संविधान सभामार्फत् संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरे । अहिले संविधान सभामा उपस्थित दलहरूको चुनावी घोषणापत्रमा संविधान जारी गर्ने स्पष्ट प्रतिबद्धता छ । तैपनि संविधान सभाको पहिलो बैठक बसेको मितिबाट एक वर्ष पुरा हुने समय माघ ८ गते दैलोमै आइपुग्दा पनि अघिल्लो संविधान सभा जहाँ पुगेर अवसान भयो, अहिले पनि त्यहि अवस्था छ । हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले आफुले गरेका वाचा नभुलुन र समय मै यो राष्ट्रलाई एउटा नयाँ संविधान प्रदान गर्नुहुनेछ्र भन्ने यसपलि पनि आशा सहित विगतमा पटकपटक यस्ता आशाहरूमाथि तुषारापात भएको अनुभव बोकेका हामी हात बाँधेर बस्ने पक्षमा भने छैनौं । यो देशका जिम्मेवार नागरिकको हैसियतले संविधान सभामा उपस्थित आफ्ना प्रतिनिधिहरूलाई झक्झक्याउने उद्देश्यले हामीले एउटा खुल्ला दवाब अभियानलाई अघि बढाउने निर्णय गरेका छौं । Kathmandu, Nepal बानेश्वर जाऔं, संविधान ल्याऔं DD/MM/YYYY
बानेश्वर-जाऔं-संविधान-ल्याऔं

यो देशका जिम्मेवार नागरिक र युवा भएका हैसियतले आफ्नो प्रतिनिधीलाई जिम्मेवार बनाउन सुरु भएको अभियान, युवाहरुको स्वस्फुर्त अभियान हो ।

देशलाई अनिर्णयको बन्दिबाट मुक्त गराऔं, हामीलाई मुर्ख बनाउने कहिले सम्म? २०६२ र ६३को जनआन्दोलनले सफलता प्राप्त गरेदेखि शुरु भएको हामी नेपालीको नयाँ संविधानको प्रतिक्षा अझैसम्म अधुरै छ । पहिलो पटक दुई वर्ष्भित्र नयाँ संविधान जारी गर्ने उद्देश्य लिएर निर्वाचित संविधान सभाले चार वर्षसम्मको प्रयासबाट विफल भइ मध्यरातमा विघटन गरियो । संविधान सभाको दोस्रो निर्वाचनको क्रम अहिलेका सत्तापक्ष र प्रतिपक्षका लगभग सबैजसो दलहरूले जनतासामु एक वर्ष्भित्र संविधान सभामार्फत् संविधान जारी गर्ने प्रतिबद्धता जाहेर गरे । अहिले संविधान सभामा उपस्थित दलहरूको चुनावी घोषणापत्रमा संविधान जारी गर्ने स्पष्ट प्रतिबद्धता छ । तैपनि संविधान सभाको पहिलो बैठक बसेको मितिबाट एक वर्ष पुरा हुने समय माघ ८ गते दैलोमै आइपुग्दा पनि अघिल्लो संविधान सभा जहाँ पुगेर अवसान भयो, अहिले पनि त्यहि अवस्था छ । हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले आफुले गरेका वाचा नभुलुन र समय मै यो राष्ट्रलाई एउटा नयाँ संविधान प्रदान गर्नुहुनेछ्र भन्ने यसपलि पनि आशा सहित विगतमा पटकपटक यस्ता आशाहरूमाथि तुषारापात भएको अनुभव बोकेका हामी हात बाँधेर बस्ने पक्षमा भने छैनौं । यो देशका जिम्मेवार नागरिकको हैसियतले संविधान सभामा उपस्थित आफ्ना प्रतिनिधिहरूलाई झक्झक्याउने उद्देश्यले हामीले एउटा खुल्ला दवाब अभियानलाई अघि बढाउने निर्णय गरेका छौं ।

Details

Date:
January 21, 2015 12:00 pm
Website:
https://www.facebook.com/events/424495884370721/

Venue

Maitighar
Kathmandu, Nepal

Organizer

बानेश्वर जाऔं, संविधान ल्याऔं
Website:
http://goo.gl/99Fhyq